म बस्नुभन्दा पहिले त्यो कोठामा कोही बास्दो रहेछ । कोठा फोहोर थियो । टेबलमा १४ व टा किताब थिए । जसरी उसले टेबलमा १४ वटा किताब छाडेर हिँडेको थियो, उसैगरी थोत्रा कपडा पनि छाडेको थियो । भुइँमा थोत्रा पेन्टी र गन्जी थिए । कोठामा पुरुष बसेको हुनुपर्छ भन्ने अनुमान गरें । अनुमान पछि ठीक हुन पुग्यो । मालाई थोत्रा कपडासँग घीन लाग्यो । किताब छोएँ । पन्ना पल्टाएँ । कहिल्यै नदेखेको लिपि देखें । कोठाको चालचुल सुनेर एकजना नयाँ मान्छे आयो । नाम सोध्नुअघि मेरो देश सोध्यो, “कुन देशबाट हो ?” “नेपालबाट हो,” मैले उत्तर दिएँ । उसको बोलीबाट थाहा भयो, ऊ कोरियन हैन । मैले पनि उसको देश सोधें । ऊ कम्बोडियन रहेछ । त्यसपछि हामीले एक–अर्काको नाम थाहा पायौं । उसको नाम च्यान्थोन रहेछ । मैले सोधिनँ, उसैले भन्यो, “योभन्दा अघि यहाँ श्रीलंकाको मान्छे बस्थ्यो । कोठा सफा नगरी हिँडेछ है !” कोठा सफा गरें । घीन मानी–मानी गन्जी र पेन्टी उठाएँ । भुइँ बढारें । च्यान्थोनले मलाई सहयोग ग¥यो । फोहोर फाल्ने ठाउँ देखायो, “यहाँ राख । अहिले एकछिनमा डढाउनुपर्छ । प्लास्टिकजन्य फोहोरचाहिँ नडडाऊ ।” १४ वटा किताब र थोत्रा कपडामा एकैपल
Comments
Post a Comment