पत्रिकामा कविता छापिनु अघि मेरो अन्तर्वाता छापियो । त्यस दिन झ्यालकाे पर्दा उठाएँ । दैलो खुल्ला राखें । चिनेका काेही आइहाल्छन् कि ! भनेर निकै आस गरें । तर कोठा ओरपर काेही आएनन् । दिनभर हातमा पत्रिका बाेकेर यताउता गरिरहें । छिमेकी डेरावाल थिएनन् ।घरबेटीले माथील्लो तलाकाे दैलो खोलेनन् । अन्तरवर्ता कसैलाइ देखाउँन पाइन् । तर पचास पल्ट भन्दा धेरै आफैंले पढें । कयाैं पल्ट एैना हेरें । वाथरूममा गर्ने एक नियमित कर्म हापें र 'ब्रह्मचारी ' स्नान मात्र गरें । त्यस दिन अबेर भात पाकाएँ तर दाल पकाइनँ । मनै नपनर्ने स्कुसको तिउनमा झोल हालें । स्वाद कस्तो भयो ? थाहापाइनँ । मेरो फुर्ती यस्तो थियो कि जस्तै रोग, भोग र सोकलाइ समेत झिनो मान्न सक्थ्यो । मान्छे खुसी हुँदा इन्द्रय बाेधा हुँदा रहेछन् । उग्र खुसी निकै अजाती हुँदो रहेछ । स्कुसको चानामा झोल हालेर समेत भात खान सकें । जुन सामान्य अवस्थामा कल्पना बाहिरको नमिठो स्वाद हो । भाेलिपल्ट सखारै पत्रिका च्यापेर काम गर्ने ठाउँ पुगें । त्यसबेलासम्म अफिस ब्वाइ पुगेकाे थिएन । निकै बेर पछि उ आयाे । उसलाइ सटर उठाउँन सगाएँ
दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद गयो। मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर , उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन । ’ बिनोद ब्यादा र उनकी श्रीमती विनोद चराको सिकारमा जाने तयारीमा छन् । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन् । यिनीहरू को हुन् ? सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन् । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन् । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन् । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन् । भविष्यसँग डराइरहे का ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन् । देश दुनियाँ कहाँ पुग्यो ? दुनियाँ के ग
म बस्नुभन्दा पहिले त्यो कोठामा कोही बास्दो रहेछ । कोठा फोहोर थियो । टेबलमा १४ व टा किताब थिए । जसरी उसले टेबलमा १४ वटा किताब छाडेर हिँडेको थियो, उसैगरी थोत्रा कपडा पनि छाडेको थियो । भुइँमा थोत्रा पेन्टी र गन्जी थिए । कोठामा पुरुष बसेको हुनुपर्छ भन्ने अनुमान गरें । अनुमान पछि ठीक हुन पुग्यो । मालाई थोत्रा कपडासँग घीन लाग्यो । किताब छोएँ । पन्ना पल्टाएँ । कहिल्यै नदेखेको लिपि देखें । कोठाको चालचुल सुनेर एकजना नयाँ मान्छे आयो । नाम सोध्नुअघि मेरो देश सोध्यो, “कुन देशबाट हो ?” “नेपालबाट हो,” मैले उत्तर दिएँ । उसको बोलीबाट थाहा भयो, ऊ कोरियन हैन । मैले पनि उसको देश सोधें । ऊ कम्बोडियन रहेछ । त्यसपछि हामीले एक–अर्काको नाम थाहा पायौं । उसको नाम च्यान्थोन रहेछ । मैले सोधिनँ, उसैले भन्यो, “योभन्दा अघि यहाँ श्रीलंकाको मान्छे बस्थ्यो । कोठा सफा नगरी हिँडेछ है !” कोठा सफा गरें । घीन मानी–मानी गन्जी र पेन्टी उठाएँ । भुइँ बढारें । च्यान्थोनले मलाई सहयोग ग¥यो । फोहोर फाल्ने ठाउँ देखायो, “यहाँ राख । अहिले एकछिनमा डढाउनुपर्छ । प्लास्टिकजन्य फोहोरचाहिँ नडडाऊ ।” १४ वटा किताब र थोत्रा कपडामा एकैपल
Comments
Post a Comment