Posts

Showing posts from February, 2020

बिरालो

Image
अचानक बाटोमा कालो बिरालोको बच्चा भेटें । अनुमानमा १० देखि १५ दिनको हुनुपर्छ । आफ्नै बलले हिँड्न सक्छ तर दौडन सक्दैन ।मलाइ देखेर डरायो । भर्खरै खुलेका नीला आँखा फराकिलो बनाएर मेरो अनुहार हेर्‍यो । भाग्न त खोज्यो तर सकेन । मैले समातें । खासमा, म बिरालो सोखिन होइन । आजसम्म घरमा बिरालो पालेको छैन । बाटोमा अलपत्र परेको देखेपछि उठाएँ । जानवरलाइ प्रेम गर्नुपर्छ भन्ने कुराबाट प्रेरित छु । पछिल्लो पल्ट मैले जनावरसम्बन्धी थुप्रै डकुमेन्ट्री र फिल्महरु हेरेको छु । 'हाचिको', 'द लास्ट ट्राप'जस्ता फिल्म हेरेपछि कुकुरलार्इ माया  गर्न थालेको थें । नत्र म कुकुर पटक्कै मन नपराउने मान्छे हुँ । माया गर्न पनि बुद्धि पलाउनुपर्छ । मेरो बुद्धि पलाएको छ । यही बुद्धिको उपज अहिले सडकबाट यो बिरालोको बच्चा उद्धार गर्दैछु । कुनै कुनै मान्छेलार्इ बिरालो पटक्कै मनपर्दैन । जस्तो: मेरो भाइ । उसले बिरालो जहाँ देख्यो, त्यहीँ ढुंगाले हान्छ । समातेर जिउँदै खोलामा फालिदिन्छ । एकपल्ट मेरै आँखाअघि माउलार्इ खोलामा र बच्चालार्इ सडकमा फालेर क्रूरता प्रदर्शन गर्‍यो । ठीक मेरो भाइजस्तै क्रूर हृदय भए