Posts

Showing posts from December, 2018

धर्म बेच्ने मान्छे

कोरियाको दोङ्देमुन भन्ने ठाउँ 'मिनी नेपाल' हो। नेपालीले अड्डा जमाएका छन्। यसको एक कुनालाई नेपाली स्वादमा 'रत्नपार्क' भने पनि हुन्छ। यहाँका लोकल कोरियनहरू नेपालीको अघि छायाँमा पर्छन्। सडकका फुटपाथे कोरियन व्यापारीले नेपालीमा सम्बोधन गर्छन्, 'नमस्ते! सस्तो छ। लैजानुस्।' भूइँचालोको रिपोर्टिङ गर्न आएको भारतीय मिडियाले ठमेललाई 'मिनी इन्डिया' भनिदियो। हामीले चित्त दुखायौं। दोङ्देमुनलाइ 'मिनी नेपाल' भन्दा कुनै कोरियनले चित्त दुखाउँछ कि दुखाउँदैन? भन्न सक्दिनँ। बुझाइमा फरक पर्ने कुरा हो। सलनालको बेला छ (लुनार क्यलिन्डरको नयाँ वर्ष)। मध्य हिउँद हो। कोरियाले लामो विदा मनाउँदैछ। धेरै नेपालीको गन्तव्य दोङ्देमुन हो। नेपालीको मौलिक भीडभाडले पाइला टेक्ने ठाउँ छैन। जहाँ उभिन मन लाग्यो त्यहीँ उभिनु, उभिएरै थुप्रै मिनेट साथी कुर्न सक्नु, उभिएर दु:खसुखको गफ गर्न सक्नु नेपालीको मौलिकता हो। म पनि यहि कोलाजमा कतै छु। म पनि यही मौलिकताको एक टाउको हुँ। दुई पाइला। एक मुटु हुँ। एक दु:ख। एक सु:ख हुँ। यतिका मान्छेको भीडभाडमा मलाई एक धार्मिक मार्केटरले