Posts

‘भोलि’ नभएकाहरूको बोली

Image
  दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ   । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ   । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो   ।यसपल्टको हिउँद गयो। मधेसमा शीतलहर चल्यो   । उसै गरी बित्यो बर्खा   । मधेसमा बाढी आयो   । तर , उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ   । शीतलहर चल्छ   । अर्को वर्ष बर्खा हुन्छ   । बाढी आउँछ   ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो   । भोलि आजै आउँदैन   । ’   बिनोद ब्यादा र उनकी श्रीमती   विनोद चराको सिकारमा जाने तयारीमा छन्   । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन्   । यिनीहरू को हुन्   ? सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन्   । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन्   । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन्   । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन्   । भविष्यसँग डराइरहे का ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन्   । देश दुनियाँ कहाँ पुग्यो   ? दुनियाँ के ग