Posts

Showing posts from December, 2016

साधारण कोरियन आँखामा नेपाल

साधारण कोरियनले बुझेको नेपाल अनौठो छ। कोरियामा मजदुरी गर्छु। यसकारण मेरो संगत साधारण कोरियनसँग हुन्छ जो स–साना पसलका मालिक हुन्छन्। जो साना होटलमा खानेकुरा बेच्छन्, जो हटियामा साग बेच्छन्। जो खेतबारीमा काम गर्छन्, ट्याक्सी चलाउँछन्। जो कामबाट दिक्क भएपछि पहाडतिर घुम्न निस्कन्छन्।  जसलाई म सजिलै भेट्न सक्छु, दोहोरो सम्बाद गर्न सक्छु।  ‘नेपाल भनेको हिमाल हो,’ उनीहरुको नेपाल बुझाई यस्तो छ। नेपाल कहाँ पर्छ भनेर सोध्यो भने हिमालमा पर्छ भनिदिन्छन्। मानौं हिमाल कुनै देश हो र नेपाल त्यही देशभित्रको कुनै ठाउँ!   मलाई थुप्रै कोरियनले सोधेका छन्, ‘तिम्रो देशमा चामल पाइन्छ?’ उनीहरुलाई थाहा छ, ‘हिमालमा धान फल्ने हावापानी हुँदैन। मेरो देश हिमालमा पर्छ। म त्यही हिमालको मान्छे हुँ।’  ‘वर्षको दुई बाली धान फल्ने तराई छ। म तराईको वासिन्दा हुँ। पहाडमा पनि बेस्मारी धान फल्ने हावापानी छ’, मैले मुस्कुराउँदै दिने उत्तर उनीहरुको लागि निकै रोचक हो।  बितेको हिउँदमा कोरियामा खुब जाडो भयो। हिउँसहितको हुरी चल्यो। सरकारले ‘अलर्ट’ जारी गर्‍यो। ‘सरकारले अलर्ट गरेको चिसो कस्तो हुने रहेछ?’, म मुर्खलाई था