राष्ट्रकविको देउसी

 

कोरियामा थिएँ । त्यसै ताका एकजना नामी नेपाली लेखक काेरिया पुगे । चारपाँच दिन घुमे । नेपाल फिरे । त्यस पछि तात्तातै लेखे -कोरिया संस्मरण । मैले पढें । मनाेरञ्जन लिएँ र लाज मानें ।  संस्मरणले भब्य कोरियाको न छेउ छुएको  थियो न टुप्पो । 

त्यसै बेला  एकजना कवि कतार पुगेछन् । उनले पनि तत्तातै -कतार संस्मरण लेखे । कोरिया संस्मरण पढेर जसरी म लाज मान्दै थिएँ उसैगरि कतारका मेरा मित्र पनि कतार संस्मरण पढेर लाज मान्दैरहिछन् । 

 त्यसैबेला थाहापाएँ दुख्खको स्वाद जस्तै लाजकाे स्वाद पनि एकै जातकाे हुँदाे रहिछ । 

 एक पटक नेपाली भाषी विदेशी लेखककाे काठमान्डाैं सस्मरण पनि पढेकाे छु । त्याे कति हलुका थियाे  भने हिलियम ग्यासले भरिएकाे बेलुन हावामा उडेजस्ताे हलुका थियो । तँपाइले त्याे काठमान्डाैं संस्मरण पढ्नु भएकाे भए मलाइ जस्तै तँपाइलाइ पनि पक्का लाज लाग्थ्याे । किन कि तँपाईं काठमान्डाैं बस्नेको लागि काठमान्डाैं दैनिक जीवन हो । आफ्नो जीवन प्रति कसैले हलुका शैलीमा उडाउँदा आफुलाइ लाज लाग्दो रहिछ । 

मैले  बा अमा माथि अखबारमा लेखेको संस्मरण पनि पढेको छु । त्यो पढ्दा बेस्मारी लाज लाग्छ । मानिसहरू कसरी लेख्न सकिरहेकाछन् ? बा ,अमा जस्तो बिशाल रूपलाइ त्यति थोरै अक्षरमा ।  त्यत्राे ठूलो संगत । त्यत्रो ठूलो सिकाइ, बुझाइ । त्यत्राे ठूलो धर्म, सस्कृती, परमपरा, प्रेम,  समर्पणलाइ कसरी अखबारमा गिजोल्न सकिन्छ ? 

अक्षरमा बा आमा कहाँबाट शुरू हुन्छन् र कहाँ अन्त्य हुन्छन् ? आज सम्म भेउ पाउँन सकेको छुइनँ । अरूको लेखन पढ्दा पाठकलाइ लाज कसरी लाग्छ र त्यसको अनुभूत कस्तो हुन्छ ? अब तँपाइले थाहा पाउँनु हुन्छ । लेख्दै छु राष्ट्रकवि माधब घिमिरेसँगको संस्मरण । यो पढ्दा पनि पटक्कै लाज लागेन भने तँपाइ लाज एन्टि मानिस हो । तँपाइले जीवनमा धेरै थोक गरिसक्नु भएको छ वा गर्नु हुनेछ । लाज सुन्दर जीवनकाे बाधक हो । तर  जीवन मात्रको हैन । 

👇👇👇

मसँग एउटा सपना थियो  -"जसरी पनि कवि हुन्छु ।"

 मैले पढ्ने पत्रिकाका कविहरू मध्य धेरैको ठेगाना काठमान्डाैं हुन्थ्यो । म ठेगाना बदल्न र सपना भए ठाउँ पुग्न काठमान्डाैं गएँ -दश एघार वर्ष अघि ।  

 काठमान्डाैं भर्खरै गएकाे थिएँ ।  आफु बाहेक सबै मानिस ठूला लाग्थे । त्यसकारण मेरो संगत सबै ठूला कविहरूसँग  थियो । उनिहरू जे कुरा गर्थे मलाइ गम्भीर र दार्शनिक लाग्थे । मसँग निजी बुद्धि र बिचार पटक्कै थिएन । जो देखे पनि प्रभावित हुन्थें । त्यो प्रभाव छिटोछिटो परिवर्तन भइरहन्थ्यो । 

एक ताका पुर्वमा कवि मनु मन्जिलबाट यसरी प्रभावित भएको थिएँ कि हातमा किताब बाेक्ने स्टायल पनि उनकै कपि गरेको थिएँ । कविता पनि उनकै स्टायलमा बाचन गर्थें । मेराे घाँटि कवि मन्जिलको मिमिक्रि गर्थ्यो र त्यसैमा अभ्यस्त हुन लाग्दै थियो। 

त्यो प्रभाब बाट एक दिन बाहिर निस्कें । त्यस पछि कुमार नगरकाेटीको प्रभावमा फसें  । घाट जान थालें। ''मृत्यु सबै भन्दा ज्यादा मनपर्छ! '' भन्दै हिँड्न लागें । राती राती सहर डुल्न थलें । तर वस्तबमा मलाइ मृत्यु मनै पर्दैन थियो ।  घाटमा डर लाग्थ्यो । मुटु खुम्च्याएर कुक्रुक्क परेर बस्थें। बिरामी हुँदा मरि पो हाल्छु कि भन्ने लाग्थ्यो । खुब आत्तिन्थें । विद्यानास!  जति बेला नगरकोटीको नक्कल गर्दै हिँड्थें, त्यसबेलासम्म एकै जनाकाे पनि मलामी गएको थिइनँ । मलाइ मलामी जान डर लाग्थ्यो । मृत्त मानिसको अनुहार हेर्न डरलाग्थ्यो। छुन डरलाग्थ्यो। दुनियालाइ ढाँट्दै भन्थें 'मलाइ सबैभन्दा मन पर्ने ठाउँ घाट हो। '

त्यस बेला म आफुले आफुलाइ खुब डाँट्थें । जति धेरै आफुलाइ टँडिन्छ त्यति धेरै आफु बाँच्न अरूकाे साहारा चाँहिदो रहेछ । आफुसँग सत्य बोल्ने हो भने एक्लै बाँच्न पनि सकिदो रहेछ । योगी र ध्यानीहरू सायद फुसँग सबै भन्दा ज्यादा सत्य बोल्छन्। 

त्यतिबेला मेरा संगतिया खुब थिए । चाडबाडमा समेत घर फर्किन मन लाग्दैन थियो । कुनै बाहाना होस र सहर तिरै बस्न पाइयोस जस्तो लाग्थ्यो । लाग्थ्यो घरमा के छ र ? 

एक पटक दशैंको टिकाकै दिन घरबाट काठमान्डाैं घुरेको छु । 

एक वर्ष तिहारको बेला गतिलो बाहाना भेटें ।  काठमान्डाैंमै बसें ।  म जस्तै तिहरामा घर नफर्कने साथी थुप्रै थिए ।  घर नफर्कनु मेरो जस्तो रहर हैन होला, बाध्यता होला तर उनीहरु पनि म जस्तै खुसी देखिन्थे। 

अहिले लाग्छ तिनीहरु दुख्ख लुकाउन सिपालु मानिस हुन्। 

अनाम मन्डली नमाकाे संस्था बाल्मिकीमा थियो । ( सस्था त्यहाँ थिएन ।  त्यस संस्थाका सबै सदस्य भेला हुनु थलो थियो त्यो । गजल लेख्ने र रूचि राख्नेलाइ यस सस्थाबारे अनिवार्य थाहा छ । यो गजलकारको सस्था हो । ) 

त्यस सस्थाका साथीहरूले एक अर्कालाइ -देउसी खेल्न जाउँ,पैसा उठाउँ र संस्थाको भलो गराैं !' भन्दैं गर्दा म पुगें । 

देउसीमा मान्छे थपिनु ठिक हुन्थ्यो । त्यस माथी त्यो सस्था हो।  दान भाग लाग्दैन । जति धेरै मान्छे उती रमाइलो । दान पनि मान्छेको टाउको अनुसार आउँने हुँदा 'म पनि जान्छु !' भन्ने प्रस्ताब सर्वमतले पारित भो । 

म गएँ ।  

तर कहाँ जाँदै छु ?

थाहा छैन । 

देउसी मेरो लागि रमाइलो मात्र हो । अरू हैन । यसकारण कता जाने के गर्ने ? मत्लब भएन ।  साथीहरूको पछि लागे । 

 मध्य सहरकाे एउटा घर छेउमा साथीहरूले बाइक रोके। मेरो पनि रोकियो। साथीहरू घरकाे गेट खोलेर सरासर भित्र पसे । देउसी खेल्न जाँदा सहरका घरका  गेट खोल्न कसैको अनुमती नचाँहिदो रहेछ । सहर समेत वर्षमा एकपटक गाउँको घर जस्तो हुँदो रहिछ । 

घर भित्र सुन्दर बगैंचा थियो । सरद ऋतुमा फुल्ने फुलको वास्नाले नाकलाइ स्वागत गर्यो । ठूलो स्वासले फूलको वास्ना लिएँ । मेरो नाक भरियो । बगैंचाको साैन्दर्यले आँखा भरियो । 

कवि बलराम दाहालले  देउसी भट्याउँन थालेकाे मात्र थियो । भित्रबाट बाहिर आउँदै गरेका कविबर माधब घिमिरें देखें । मैले देउसिरे  को 'देउ' मात्र उच्चारण गरें । 'सिरे' चाँही त्यतिकै छाडिदिएँ । मेरो मुटुको गति बढ्यो । ठूलो स्वरले चिच्याउँन लाग्दै थिएँ - आरे माधब घिमिरे! 

ततकाल मेरो होस घुर्यो । चिच्याउँन खोलेको मुख बिस्तारै बन्द भयो जसरी हाइड्रोलिकले उचालेको टिपरको डालो बिस्तारै  तल झरेर बन्द हुन्छ । 

यसरी उच्चाहरण गर्दै गरेको आधा वाक्यमा बोली बसेको पहिलो अनुभव लिएँ ।

अक्षरमा पढेको, अक्षरमा सुनेको, लयमा समातेको राष्ट्रकविको घरमा म थिएँ । त्यो पनि देउसी खेल्दै गरेको अवस्थामा थिएँ । गाउँमा अाफ्ना साथी भाइ र छिमेकी बाहेक कतै देउसी खेलेको थिइनँ । सहरमा त सामान्य साथीहरू पनि ठूला मान्छेको घरमा देउसी खेल्न जाँदा हरिछन् । सहर त्यस बेला गजब लाग्याे । 

कविबरको ओठमा मन्द मुस्कान थियो ।जुन असाध्य सुन्दर र शान्त थियो । 

उनी सरासर हामी बीचमा आए । नाच्न थालें । त्यो उर्जा त्यो शान्त चेहेराले चकित भएँ । उनी पटक्कै बृद्ध थिएनन् । जवान र तन्नेरी थिएँ । हामी भन्दा पनि तन्देरी । 

'मान्छे के भएर बुढो हुन्छ ?

 मान्छे के भएर तन्नेरी हुन्छ ?'

मैले पहिलो पल्ट आफैंले आफैंलाइ प्रश्न गरें। 

 त्यस बेला एकानब्बे वर्षका थिए घिमिरे तर जवान थिए । 

साँच्चै मान्छे के भएर बुढो हुन्छ ? अाज उपरान्त यो प्रश्न अाफैंले अाफैंलाइ सोधी रहेको छु । 

उत्तर दुर दुर भागिरहेछ। 

मेरा साथीहरू बलरमा दाहाल, घनेन्द्र ओझा, ज्ञानु बिद्रोही, जय गाैडेल, हेम प्रभास आदीआदी लयका कवि थिए । देउसी भट्याउँदा पनि बढाे लयका साथ भट्याए । कविबरकाे प्रसंसा गरे । कविबर हामीसँग निकैबेर नाचें । तर थाकेनन् ।म पुलुकपुलक उनको अनुहार हेरिरहन्थें । यी बृद्ध जवान थाक्दा कस्ता देखिएलान् । हाम्रो जस्तै गलित अनुहार होला कि अर्कै आभा आउँला । सोचि रहें। तर उनी थाकेनन्। 

घर भित्रबाट देउसेलाइ दान अायो । 

कवि बलराम दाहालले अासिक दिन लागे । मलाइ कस्तो उकुसमुकुस भयाे -'यति बिराट कविलाइ यी फुच्चे कविले कसरी देलान अासिक ।' उनले चलनचल्तिको अासिक दिए । उनले शताब्दियाैं अायुको असिक दिए । उनले प्रेम र सम्मानको अासिक दिए । उनले जति दिन सके त्यति सप्पै दिएँ । उनले अाफुसँग जति थियो त्यति सप्पै  दिए ।  

देउसी सकियो । 

त्यस पछि थालिमा अक्षता र फुल अायो । 

किन अायो ? मेसो पाइनँ । 

कविबर अघि बढे र भने ''लु अब टिका लाउँ ।'' 

हामी सबैलाइ पालैपालो टिका लगाइदिए । हामी देउसेले दिइएको अासिक भन्दा गयाैं गुन धेरै अासिक हामीले फिर्ता पायाैं । असिक लिनेले तत्काल दिनु पनि पर्दो रहेछ । अासिक  रासन दोकानको उदारो खाता हैन रहेछ । 

अचेल धन्यवाद पाइन्छ । बधाइ पाइन्छ । शुभकामना पाइन्छ । तर आसिक पाइंदैन । आसिक दिने मान्छे जीवनमा साह्रै थोरै हुन्छन् । र अासिस लिने मान्छे जीवनमा अझै थोरै हुन्छन् । मैले राष्ट्रकवि माधब घिमिरेबाट अासिक लिएका छु । अाबुइ ! यसो भन्दा कस्तो जिउ ढक्क फुल्दो रहेछ । मुटो छिटो छिटो चल्दो हरेछ । जीउमा काँडा उम्रिदो रहेछ । सायद यो गर्वानुभूतीको सिन्टम होला ।  

 त्यस पछि उनकाे इच्छा भयाे -'तँपाइहरू सबै कवि हुनुहुन्छ । एउटा एउटा कविता नसुनी कसरी बिदा दिनु ।' हामीले एक एक गरि एक कविता सुनायाैं ।  

त्यस बेला म,  ज्यादा फुर्के थिएँ । मेरो बुद्ध नामको कवितालाइ साथीहरूले राम्राे छ भन्दिन्थें । ठान्थें साथीहरू अन्तिम सत्य हुन् । पक्का कविता राम्रो छ  । अाफ्नो सृजना माथी अालाेचानात्मक दृष्टि राख्न सक्ने खुबी शून्य बराबर थियो । साथीहरूले राम्रो भनेको कविता कविबरलाइ सुनाएँ । 

कविता सुनिसकेपछि कविबर मुसुक्क हाँसे । मेरो काँधमा अाफ्नो हात राख्दै भने  -'बाबुकाे कविता निकै अाधुनिक रहिछ ।' 

 दुइ चार वर्ष पछि मलाइ लाग्यो त्यो कविता उहाँलाइ नसुनाएको भए ठिक हुन्थ्यो । त्यो कविता अलिक अराजक थियो । त्याे कविता अरूेलाइ सुनाउँदा ठिक्कै हुन्थ्यो । तर राष्टकविलाइ त्योकविता बेठिक भयाे । उहाँको बिशाल ब्यक्तित्वलाइ मैले अपमान गरें  भनि ठानें । 

त्यो कविताको बुद्ध साह्रै अराजक थिए। उनी मैले रक्सी पिउँने गरेकै भट्टिमा रक्सी पिउँथे । ठमेल जान्थे । टिल्ल हुन्थे । सुन्धारा अाउँथे । धरहरा चढ्थे । सिंहदरबार तिर देखाउँदै भन्थे -'अागामी चुनाबमा उम्दवारी दिन्छु ।' उनी रक्सीले मातेपछि शिष्यहरूलाइ भन्थे -'मान्छे नहुनु तीनको मुटु हुँदैन । बरू रोवट हुनु ।' 

यस्तो अराजक कविता ती 'राज' कविलाइ सुनाएर मैले उनको अपमान गरें  भन्ने अहिले पनि लागि रहन्छ । 

अन्त्य भन्दा पहिले 

उनी साँच्चै राष्ट्र कवि हुन् । जसरी उनीमाथी केहीले बिवाद गर्दैछन् । यसकरण पनि उनी राष्टकवि हुन् । किनकी राष्ट्र कवि जस्तो पदवीमा सर्वसहमत स्वीकृती राख्ने हो भने त्यो पद, त्यो सम्मान साह्रै हलुका हुन्छ जसरी यो लेख हलुका भयो । त्यति बिवाद भएन भने यत्रो दुख्ख, संघर्षले पाएको बोल्न लेख्न पाउँने अधिकारो अपमान हुन्छ। निजी बिचर बिबेक बन्दक बन्छ। 

 

अन्तय 

यो पढ्दा तँपाइलाइ लाज लाग्यो होला । पक्का लाज लाग्यो । कवि माधव घिमिरेलाइ जसले नजिकबाट बुझ्नु भएको छ । गहिरिएर बुझ्नु भएको छ । उहाँलाइ त यो हलुका सस्मरण पढ्दा पक्का लाज लाग्यो होला । 

फोटो  घनेन्द्र ओझाको फेसबुक बाट लिएको हो । 

उनको क्यामेराबाट खिचिएको हो । कुन फोटो कसले खिच्यो ? भुलें । माफी

Ⓒरमेश सायन  

@rashayans 

Comments

  1. मलाई चै लाज लागेन स्वाट्टै एकै घुंटमा पढिभ्याएँ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली

परदेशको किताब