'सायन' नामको कथा
पत्रिकामा कविता छापिनु अघि मेरो अन्तर्वाता छापियो । त्यस दिन झ्यालकाे पर्दा उठाएँ । दैलो खुल्ला राखें । चिनेका काेही आइहाल्छन् कि ! भनेर निकै आस गरें । तर कोठा ओरपर काेही आएनन् । दिनभर हातमा पत्रिका बाेकेर यताउता गरिरहें । छिमेकी डेरावाल थिएनन् ।घरबेटीले माथील्लो तलाकाे दैलो खोलेनन् । अन्तरवर्ता कसैलाइ देखाउँन पाइन् । तर पचास पल्ट भन्दा धेरै आफैंले पढें । कयाैं पल्ट एैना हेरें । वाथरूममा गर्ने एक नियमित कर्म हापें र 'ब्रह्मचारी ' स्नान मात्र गरें । त्यस दिन अबेर भात पाकाएँ तर दाल पकाइनँ । मनै नपनर्ने स्कुसको तिउनमा झोल हालें । स्वाद कस्तो भयो ? थाहापाइनँ । मेरो फुर्ती यस्तो थियो कि जस्तै रोग, भोग र सोकलाइ समेत झिनो मान्न सक्थ्यो । मान्छे खुसी हुँदा इन्द्रय बाेधा हुँदा रहेछन् । उग्र खुसी निकै अजाती हुँदो रहेछ । स्कुसको चानामा झोल हालेर समेत भात खान सकें । जुन सामान्य अवस्थामा कल्पना बाहिरको नमिठो स्वाद हो । भाेलिपल्ट सखारै पत्रिका च्यापेर काम गर्ने ठाउँ पुगें । त्यसबेलासम्म अफिस ब्वाइ पुगेकाे थिएन । निकै बेर...
Comments
Post a Comment