चुनाव सौन्दर्या!



- रमेश सायन

२०५४ सालको स्थानिय चुनाबमा म कांग्रेस थिएँ । 

उमेर १३ वर्ष । पढाइ कक्षा पाँच!

म चिन्थें, शुसिल विष्टलाइ । उनी हजारिया गाविसको कांग्रेस पाटीका अद्दक्ष उमेदवार थिए ।
एकाद शनिबार उनको घरमा टिभी हेरेको थें । एक पल्ट उनको बगैंचाबाट काँचा आप चोरेर खाएको थिएँ । 
। दुइ पल्ट लिच्चि र अनगिन्ती पल्ट उखु बगानबाट उखु चोेरेको थें । 
विष्टसँग मेरो चोरीको नाता थियो ।  नाता अनुसार म काग्रेस भएँ । 
 
 स्कुलमा सबै साथीका आ आफ्नै पाटी थिए ।

मैले पहिलो पल्ट एमाले भन्ने पनि सुनें । जनमोर्जा र सदभावना पनि सुनें । अरु फुच्चेफाच्चे पाटिको नाम पनि सुनें । प्रत्येक भुररा आ-आफ्ना पाटीका कटर समर्थक थिए, म जस्तै ।

 कांग्रेससँग एमाले कुनै हातलमा मिल्दैन थिए । 

 साथी हैन सबै दुष्मन जास्ता देखिन्थें ।

हामी नाराजुलुुसमा हिंड्थ्यौंं ।आफ्ना पाटीका नारा कमेरो माटोले भित्तामा लेख्न पाउँदा चोरपुलिस खेले भन्दा रमाइलो लाग्थ्यो । कापीमा 'म रमेश सायन,  काग्रेस!' जस्ता नामहरु लेखिन्थें ।
मेरो पार्टिले जित्छ तेरोलो हार्छ भनेर जिरह चल्थ्यो ।  तर कसरी जित्छ भन्ने कसैलाइ थाहा थिएन । जित्ता के हुन्छ र हार्दा के हुन्छ ? त्यो पनि कसैलाइ थाहा थिएन । 

 घरमा ठूलाले गरेको गफको आधारमा छोटेमोटे गफ लाउँथ्यौं । फलानाले यसो गर्छ उसो गर्छ । त्यसले गर्दैन उसले गर्छ । 

 बयलगाडा र्याली हुन्थयो । त्यसमा ठूला ठूला माइक जोडिएका हुन्थे । प्रसस्त केटाकेटी हुन्थे । स्वरमा स्वर मिलाइ कहन्थे - जिन्दावाद मुर्दावाद । 
 कहिले काहीँ साइकिल पनि र्याली चल्थ्यो । त्यसमा केटाकेटीको पहुँच पुग्दैन थियो । हामि निरास हुन्थ्याैं । 

स्कुल जाँदा आउँदा पाटीकै निहुमा साथीहरुसँग झगडा हुन्थ्यो । मारपिट चल्थ्यो ! बोलचाल बन्द हुन्थ्यो । पटकपटक झगडा गर्नु भन्दा बोलचाल बन्द हुनु सह्रै सुन्दर कुरा । बोलचाल यसरी बन्द हुन्थ्यो कि दोस्रो पल्ट झगडा गर्ने चान्स नै हुँदैन थियो । झगडा गर्न बोल्नु पथ्र्यो । बोले लाज हुन्थ्यो । लाज पचाएर पहिला को बोल्ने ! सत्रुसँग लाज पचाउने हिम्मत कसको !


मेरो पाटी उर्फ सुसि विष्टले चुनाउ जिते । म ज्यद्रै खुसी भएँ । पहिलो पल्ट स्कुलमा पास हुनु पछिको द्रोस्रो खुसी बारे चाल पाएँ । त्यो भब्य खुसी बारे अहिले सम्झिदा पनि हुरूक्क हुन्छु । क्या खुसी भएको दिन थ्यो त्यो । 

 जनताले भब्य सम्मान गरे । पहिलो पल्ट मानिसले पैसाको माला उनेको देखें । मैले थुक निलें । निम्चुस चक्लेट र जेरीपुरी सम्झें । विष्ट सापले पैसाको माला लाए । अविर जात्रा भयो । विजय जुलुस भयो ।
यो जित कसको – जनताको
यो जित कसको– कांग्रेसको
यो जित कसको – सुसिल विष्टको !

जितको रंग रातो र हारको रंग जस्ताको तस्तै – (अविर बेगरको ) हुँदो रहेछ । पहिलो पल्ट मैले हार र जितको रंग चिने । 
माइकले सातगाउँ थर्कायो । कतिका बच्चा तर्से ! कति बिरामी बुढाबुढी झस्कदै उठे ! कतिलाइ झर्को लाग्यो ! मलाइ रमाइलो भयो । मैले पनि थुप्रै अबिर लागाएँ । दोस्रो होली मनाएँ । मलाइ सबै भन्दा मनपर्ने पर्व होली । एकै साल दुइ पल्ट होली मनाउन पाउँदा हात खुट्टा जस्तै मुटुपनि जोडजोडले उफ्रियो । 

यी सबै गरेवापत एक दिन मैले मासुभात खान पाएँ । विष्ट सापले आफ्नो जितको बढाईं गरे । बाग्मती किनारामा बनभोजको आयोजना भयो । हार्ने जित्ने दुवै जनता गए । म  सानो जनता पनि गएँ । दुइ पल्ट थपेर मासु खाएँ ।    

« « « «
बीस वर्ष पछि फेरि गाउँटोलमा चुनाव आयो ।
यो पल्ट मेरो रहर थियो म्यादी पुलिसमा जागिर खानें । भुलबस साउथ कोरियाबाट घर फर्कन ढिला भयो । अवसर घुम्यो । तर मैले म्यादी साथीहरुको संगत छाडिनँ ।
हवाइजहाजबाट उत्रन साथ म्यादीको सँगतमा गएँ । फोटा खिचें । 
यो दुनिया म्यादी हो । यो चुनव पनि म्यादी हो । यो सौन्दर्य पनि म्यादि हो । हामीलाइ सासन गर्ने सरकार पनि म्यादी हो । हामी पनि म्यादी हौं ।
म्यादी सँगतबाट यिनै म्यादी खुराक थाहा पाएँ । 



@rashayans
























@rashayans











Comments

Popular posts from this blog

'सायन' नामको कथा

‘भोलि’ नभएकाहरूको बोली

उपहार अपराध