दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद गयो। मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर , उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन । ’ बिनोद ब्यादा र उनकी श्रीमती विनोद चराको सिकारमा जाने तयारीमा छन् । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन् । यिनीहरू को हुन् ? सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन् । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन् । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन् । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन् । भविष्यसँग डराइरहे का ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन् । देश दुनियाँ कहाँ पुग्यो ...
दशैं सुरु हुँदै गर्दा, हामीले थाहा पायौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झन्डै ११ रोपनी जग्गा भाटभटेनीका मालिक मिन बहादुर गुरुङबाट उपहार पाएको छ। त्यो जग्गामा उनै गुरुङले भवन पनि निर्माण गर्दैछन् भन्ने समाचार अहिले सुनिरहेका छौं। एमालेका प्रमुख केपी ओली देशका प्रधानमन्त्री हुन्। त्यो जग्गाको मूल्य कति हो, मलाई थाहा छैन। तर मलाई लाग्छ त्यो अरब आसपासको हो। यति धेरै सम्पत्ति देश चलाउने पार्टीले उपहार पाउँछ भने, दान दिनेले पाउनेलाई कति प्रभावमा राख्छ ! अनुमान लगाउन सकिन्छ। कसैले ठूलो उपहार दिन्छ भने उसले भनेको कुरा पनि मान्नुपर्छ। नाइँ भन्न सकिँदैन। उपहारको शक्ति धेरै ठूलो हुन्छ। अब उपहारको शक्ति थाहा पाउने बेला आउँदैछ। ख्याल गर्नु होला! नेपालका नेता र उनीहरूले पाउने उपहारको मूल्य कति हो र कुन स्रोतको हो, खोजी हुँदैन। दानको दीर्घकालीन असर के हुन्छ, चर्चा हुँदैन। यहाँ धेरै नेता र जनता अवसर नपाएर मात्र इमान्दार हुन पाएका छन्। त्यसैले यसरी सित्तैमा पाउने दानबारे चर्चा हुँदैन। केपी ओलीले देखाएर लिए, नदेखाई लिने त प्राय: सबै नेता छन्। ठूला पदका कर्मचारी छन्। उपहार दिनेले सधैं कुनै न कुन...
- रमेश सायन २०५४ सालको स्थानिय चुनाबमा म कांग्रेस थिएँ । उमेर १३ वर्ष । पढाइ कक्षा पाँच! म चिन्थें, शुसिल विष्टलाइ । उनी हजारिया गाविसको कांग्रेस पाटीका अद्दक्ष उमेदवार थिए । एकाद शनिबार उनको घरमा टिभी हेरेको थें । एक पल्ट उनको बगैंचाबाट काँचा आप चोरेर खाएको थिएँ । । दुइ पल्ट लिच्चि र अनगिन्ती पल्ट उखु बगानबाट उखु चोेरेको थें । विष्टसँग मेरो चोरीको नाता थियो । नाता अनुसार म काग्रेस भएँ । स्कुलमा सबै साथीका आ आफ्नै पाटी थिए । मैले पहिलो पल्ट एमाले भन्ने पनि सुनें । जनमोर्जा र सदभावना पनि सुनें । अरु फुच्चेफाच्चे पाटिको नाम पनि सुनें । प्रत्येक भुररा आ-आफ्ना पाटीका कटर समर्थक थिए, म जस्तै । कांग्रेससँग एमाले कुनै हातलमा मिल्दैन थिए । साथी हैन सबै दुष्मन जास्ता देखिन्थें । हामी नाराजुलुुसमा हिंड्थ्यौंं ।आफ्ना पाटीका नारा कमेरो माटोले भित्तामा लेख्न पाउँदा चोरपुलिस खेले भन्दा रमाइलो लाग्थ्यो । कापीमा 'म रमेश सायन, काग्रेस!' जस्ता नामहरु लेखिन्थें । मेरो पार्टिले जित्छ तेरोलो हार्छ भनेर जिरह चल्थ्यो । तर कसरी ज...
Comments
Post a Comment