दुख्ख’ थाहा नपाउनु सबैभन्दा ‘सुख्ख’ रहेछ । ‘सुख्ख’ थाहा पाउनु सबैभन्दा ठूलो ‘दुख्ख’ रहेछ । यो दुख्ख थाहा नभएका मानिसहरूको कथा हो ।यसपल्टको हिउँद गयो। मधेसमा शीतलहर चल्यो । उसै गरी बित्यो बर्खा । मधेसमा बाढी आयो । तर , उनीहरू पत्याउँदैनन्– ‘अर्को साल हिउँद आउँछ । शीतलहर चल्छ । अर्को वर्ष बर्खा हुन्छ । बाढी आउँछ ।’ उनीहरूलाई थाहा छ– ‘त्यो भोलिको कुरा हो । भोलि आजै आउँदैन । ’ बिनोद ब्यादा र उनकी श्रीमती विनोद चराको सिकारमा जाने तयारीमा छन् । श्रीमती ‘माग्ने काम’ गर्न जाने तयारीमा छिन् । यिनीहरू को हुन् ? सहरतिर काखीमा बच्चा च्यापेर पैसा माग्ने महिलाहरू हुन् । पैदलयात्रुको खुट्टा समातेर भीख माग्ने केटाकेटी हुन् । सहरको ट्राफिक जामभित्र पसेर कारको ढोका ढकढक्याउँदै कचौरा थाप्नेहरू हुन् । गाउँगाउँमा ‘पन्ना’ को भेषमा भविष्यवाणी गर्नेहरू हुन् । भविष्यसँग डराइरहे का ‘डरपोक’ हरूलाई समातेर ईश्वरको नाममा दान लिनेहरू हुन् । देश दुनियाँ कहाँ पुग्यो ...
दशैं सुरु हुँदै गर्दा, हामीले थाहा पायौं नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झन्डै ११ रोपनी जग्गा भाटभटेनीका मालिक मिन बहादुर गुरुङबाट उपहार पाएको छ। त्यो जग्गामा उनै गुरुङले भवन पनि निर्माण गर्दैछन् भन्ने समाचार अहिले सुनिरहेका छौं। एमालेका प्रमुख केपी ओली देशका प्रधानमन्त्री हुन्। त्यो जग्गाको मूल्य कति हो, मलाई थाहा छैन। तर मलाई लाग्छ त्यो अरब आसपासको हो। यति धेरै सम्पत्ति देश चलाउने पार्टीले उपहार पाउँछ भने, दान दिनेले पाउनेलाई कति प्रभावमा राख्छ ! अनुमान लगाउन सकिन्छ। कसैले ठूलो उपहार दिन्छ भने उसले भनेको कुरा पनि मान्नुपर्छ। नाइँ भन्न सकिँदैन। उपहारको शक्ति धेरै ठूलो हुन्छ। अब उपहारको शक्ति थाहा पाउने बेला आउँदैछ। ख्याल गर्नु होला! नेपालका नेता र उनीहरूले पाउने उपहारको मूल्य कति हो र कुन स्रोतको हो, खोजी हुँदैन। दानको दीर्घकालीन असर के हुन्छ, चर्चा हुँदैन। यहाँ धेरै नेता र जनता अवसर नपाएर मात्र इमान्दार हुन पाएका छन्। त्यसैले यसरी सित्तैमा पाउने दानबारे चर्चा हुँदैन। केपी ओलीले देखाएर लिए, नदेखाई लिने त प्राय: सबै नेता छन्। ठूला पदका कर्मचारी छन्। उपहार दिनेले सधैं कुनै न कुन...
कोरियामा थिएँ । त्यसै ताका एकजना नामी नेपाली लेखक काेरिया पुगे । चारपाँच दिन घुमे । नेपाल फिरे । त्यस पछि तात्तातै लेखे -कोरिया संस्मरण । मैले पढें । मनाेरञ्जन लिएँ र लाज मानें । संस्मरणले भब्य कोरियाको न छेउ छुएको थियो न टुप्पो । त्यसै बेला एकजना कवि कतार पुगेछन् । उनले पनि तत्तातै -कतार संस्मरण लेखे । कोरिया संस्मरण पढेर जसरी म लाज मान्दै थिएँ उसैगरि कतारका मेरा मित्र पनि कतार संस्मरण पढेर लाज मान्दैरहिछन् । त्यसैबेला थाहापाएँ दुख्खको स्वाद जस्तै लाजकाे स्वाद पनि एकै जातकाे हुँदाे रहिछ । एक पटक नेपाली भाषी विदेशी लेखककाे काठमान्डाैं सस्मरण पनि पढेकाे छु । त्याे कति हलुका थियाे भने हिलियम ग्यासले भरिएकाे बेलुन हावामा उडेजस्ताे हलुका थियो । तँपाइले त्याे काठमान्डाैं संस्मरण पढ्नु भएकाे भए मलाइ जस्तै तँपाइलाइ पनि पक्का लाज लाग्थ्याे । किन कि तँपाईं काठमान्डाैं बस्नेको लागि काठमान्डाैं दैनिक जीवन हो । आफ्नो जीवन प्रति कसैले हलुका शैलीमा उडाउँदा आफुलाइ लाज लाग्दो रहिछ । मैले बा अमा माथि अखबारमा लेखेको संस्मरण पनि पढेक...
Comments
Post a Comment