Posts

'सायन' नामको कथा

पत्रिकामा कविता छापिनु अघि मेरो अन्तर्वाता छापियो । त्यस दिन झ्यालकाे पर्दा उठाएँ । दैलो खुल्ला राखें । चिनेका काेही आइहाल्छन् कि ! भनेर निकै आस गरें । तर कोठा ओरपर काेही आएनन् । दिनभर हातमा पत्रिका बाेकेर यताउता गरिरहें ।   छिमेकी डेरावाल थिएनन् ।घरबेटीले माथील्लो तलाकाे दैलो खोलेनन् । अन्तरवर्ता कसैलाइ देखाउँन पाइन् ।  तर पचास पल्ट भन्दा धेरै आफैंले पढें । कयाैं पल्ट एैना हेरें । वाथरूममा गर्ने एक नियमित कर्म हापें र 'ब्रह्मचारी ' स्नान मात्र गरें । त्यस दिन अबेर भात पाकाएँ तर दाल पकाइनँ । मनै नपनर्ने स्कुसको तिउनमा झोल हालें । स्वाद कस्तो भयो  ?  थाहापाइनँ ।  मेरो फुर्ती यस्तो थियो कि जस्तै रोग, भोग र सोकलाइ समेत झिनो मान्न सक्थ्यो । मान्छे खुसी हुँदा इन्द्रय  बाेधा हुँदा रहेछन् । उग्र खुसी निकै अजाती हुँदो रहेछ । स्कुसको चानामा झोल हालेर समेत भात खान सकें । जुन सामान्य अवस्थामा कल्पना बाहिरको नमिठो स्वाद हो ।  भाेलिपल्ट सखारै पत्रिका च्यापेर काम गर्ने ठाउँ पुगें । त्यसबेलासम्म अफिस ब्वाइ पुगेकाे थिएन । निकै बेर...

बिरालो

Image
अचानक बाटोमा कालो बिरालोको बच्चा भेटें । अनुमानमा १० देखि १५ दिनको हुनुपर्छ । आफ्नै बलले हिँड्न सक्छ तर दौडन सक्दैन ।मलाइ देखेर डरायो । भर्खरै खुलेका नीला आँखा फराकिलो बनाएर मेरो अनुहार हेर्‍यो । भाग्न त खोज्यो तर सकेन । मैले समातें । खासमा, म बिरालो सोखिन होइन । आजसम्म घरमा बिरालो पालेको छैन । बाटोमा अलपत्र परेको देखेपछि उठाएँ । जानवरलाइ प्रेम गर्नुपर्छ भन्ने कुराबाट प्रेरित छु । पछिल्लो पल्ट मैले जनावरसम्बन्धी थुप्रै डकुमेन्ट्री र फिल्महरु हेरेको छु । 'हाचिको', 'द लास्ट ट्राप'जस्ता फिल्म हेरेपछि कुकुरलार्इ माया  गर्न थालेको थें । नत्र म कुकुर पटक्कै मन नपराउने मान्छे हुँ । माया गर्न पनि बुद्धि पलाउनुपर्छ । मेरो बुद्धि पलाएको छ । यही बुद्धिको उपज अहिले सडकबाट यो बिरालोको बच्चा उद्धार गर्दैछु । कुनै कुनै मान्छेलार्इ बिरालो पटक्कै मनपर्दैन । जस्तो: मेरो भाइ । उसले बिरालो जहाँ देख्यो, त्यहीँ ढुंगाले हान्छ । समातेर जिउँदै खोलामा फालिदिन्छ । एकपल्ट मेरै आँखाअघि माउलार्इ खोलामा र बच्चालार्इ सडकमा फालेर क्रूरता प्रदर्शन गर्‍यो । ठीक मेरो भाइजस्तै क्रूर हृदय भए...

धर्म बेच्ने मान्छे

कोरियाको दोङ्देमुन भन्ने ठाउँ 'मिनी नेपाल' हो। नेपालीले अड्डा जमाएका छन्। यसको एक कुनालाई नेपाली स्वादमा 'रत्नपार्क' भने पनि हुन्छ। यहाँका लोकल कोरियनहरू नेपालीको अघि छायाँमा पर्छन्। सडकका फुटपाथे कोरियन व्यापारीले नेपालीमा सम्बोधन गर्छन्, 'नमस्ते! सस्तो छ। लैजानुस्।' भूइँचालोको रिपोर्टिङ गर्न आएको भारतीय मिडियाले ठमेललाई 'मिनी इन्डिया' भनिदियो। हामीले चित्त दुखायौं। दोङ्देमुनलाइ 'मिनी नेपाल' भन्दा कुनै कोरियनले चित्त दुखाउँछ कि दुखाउँदैन? भन्न सक्दिनँ। बुझाइमा फरक पर्ने कुरा हो। सलनालको बेला छ (लुनार क्यलिन्डरको नयाँ वर्ष)। मध्य हिउँद हो। कोरियाले लामो विदा मनाउँदैछ। धेरै नेपालीको गन्तव्य दोङ्देमुन हो। नेपालीको मौलिक भीडभाडले पाइला टेक्ने ठाउँ छैन। जहाँ उभिन मन लाग्यो त्यहीँ उभिनु, उभिएरै थुप्रै मिनेट साथी कुर्न सक्नु, उभिएर दु:खसुखको गफ गर्न सक्नु नेपालीको मौलिकता हो। म पनि यहि कोलाजमा कतै छु। म पनि यही मौलिकताको एक टाउको हुँ। दुई पाइला। एक मुटु हुँ। एक दु:ख। एक सु:ख हुँ। यतिका मान्छेको भीडभाडमा मलाई एक धार्मिक मार्केटरले...

सिन्दुली - काठमान्डाैं फाेटाे यात्र

Image
यात्रालाइ सुन्दर बनाउँन सुन्दर दृष्य चाँहिन्छ । काठमान्डाैं सिन्दुली सडक यात्र साँच्चिकै सुन्दर छ ।  सुनकाेसी  किनारा, अनेक भूबनाेटबीच नागबेली परेकाे सडकले यत्रालाइ असाध्य सुन्दर बनाउँछ ।  माैसम अनुसार पहाडले रंग फेर्छ ।   अाजभाेलीकाे माैसममा चाँही ,हरियाे पहाडले  नीलाे अाकासकाे टाेपी लगाएकाे छ ।  निलाे र हरियाे मात्रकाे कम्बिनेसन सुन्दर देखिदैन भनेर हाेला निलाे अाकासकाे छातीमा सेता बादलका ट्याटु खाेपिएकाे छ ।  बाटामा सुन्दर बस्ती भेटिन्छन्।  फाटिला खेतहरूछन् ।  फाेटाेमा चाँही यस्ताे देखिन्छ । 

चुनाव सौन्दर्या!

Image
- रमेश सायन २०५४ सालको स्थानिय चुनाबमा म कांग्रेस थिएँ ।  उमेर १३ वर्ष । पढाइ कक्षा पाँच! म चिन्थें, शुसिल विष्टलाइ । उनी हजारिया गाविसको कांग्रेस पाटीका अद्दक्ष उमेदवार थिए । एकाद शनिबार उनको घरमा टिभी हेरेको थें । एक पल्ट उनको बगैंचाबाट काँचा आप चोरेर खाएको थिएँ ।  । दुइ पल्ट लिच्चि र अनगिन्ती पल्ट उखु बगानबाट उखु चोेरेको थें ।  विष्टसँग मेरो चोरीको नाता थियो ।  नाता अनुसार म काग्रेस भएँ ।     स्कुलमा सबै साथीका आ आफ्नै पाटी थिए । मैले पहिलो पल्ट एमाले भन्ने पनि सुनें । जनमोर्जा र सदभावना पनि सुनें । अरु फुच्चेफाच्चे पाटिको नाम पनि सुनें । प्रत्येक भुररा आ-आफ्ना पाटीका कटर समर्थक थिए, म जस्तै ।  कांग्रेससँग एमाले कुनै हातलमा मिल्दैन थिए ।   साथी हैन सबै दुष्मन जास्ता देखिन्थें । हामी नाराजुलुुसमा हिंड्थ्यौंं ।आफ्ना पाटीका नारा कमेरो माटोले भित्तामा लेख्न पाउँदा चोरपुलिस खेले भन्दा रमाइलो लाग्थ्यो । कापीमा 'म रमेश सायन,  काग्रेस!' जस्ता नामहरु लेखिन्थें । मेरो पार्टिले जित्छ तेरोलो हार्छ भनेर जिरह चल्थ्यो ।  तर कसरी ज...