Posts

सिन्दुली - काठमान्डाैं फाेटाे यात्र

Image
यात्रालाइ सुन्दर बनाउँन सुन्दर दृष्य चाँहिन्छ । काठमान्डाैं सिन्दुली सडक यात्र साँच्चिकै सुन्दर छ ।  सुनकाेसी  किनारा, अनेक भूबनाेटबीच नागबेली परेकाे सडकले यत्रालाइ असाध्य सुन्दर बनाउँछ ।  माैसम अनुसार पहाडले रंग फेर्छ ।   अाजभाेलीकाे माैसममा चाँही ,हरियाे पहाडले  नीलाे अाकासकाे टाेपी लगाएकाे छ ।  निलाे र हरियाे मात्रकाे कम्बिनेसन सुन्दर देखिदैन भनेर हाेला निलाे अाकासकाे छातीमा सेता बादलका ट्याटु खाेपिएकाे छ ।  बाटामा सुन्दर बस्ती भेटिन्छन्।  फाटिला खेतहरूछन् ।  फाेटाेमा चाँही यस्ताे देखिन्छ । 

चुनाव सौन्दर्या!

Image
- रमेश सायन २०५४ सालको स्थानिय चुनाबमा म कांग्रेस थिएँ ।  उमेर १३ वर्ष । पढाइ कक्षा पाँच! म चिन्थें, शुसिल विष्टलाइ । उनी हजारिया गाविसको कांग्रेस पाटीका अद्दक्ष उमेदवार थिए । एकाद शनिबार उनको घरमा टिभी हेरेको थें । एक पल्ट उनको बगैंचाबाट काँचा आप चोरेर खाएको थिएँ ।  । दुइ पल्ट लिच्चि र अनगिन्ती पल्ट उखु बगानबाट उखु चोेरेको थें ।  विष्टसँग मेरो चोरीको नाता थियो ।  नाता अनुसार म काग्रेस भएँ ।     स्कुलमा सबै साथीका आ आफ्नै पाटी थिए । मैले पहिलो पल्ट एमाले भन्ने पनि सुनें । जनमोर्जा र सदभावना पनि सुनें । अरु फुच्चेफाच्चे पाटिको नाम पनि सुनें । प्रत्येक भुररा आ-आफ्ना पाटीका कटर समर्थक थिए, म जस्तै ।  कांग्रेससँग एमाले कुनै हातलमा मिल्दैन थिए ।   साथी हैन सबै दुष्मन जास्ता देखिन्थें । हामी नाराजुलुुसमा हिंड्थ्यौंं ।आफ्ना पाटीका नारा कमेरो माटोले भित्तामा लेख्न पाउँदा चोरपुलिस खेले भन्दा रमाइलो लाग्थ्यो । कापीमा 'म रमेश सायन,  काग्रेस!' जस्ता नामहरु लेखिन्थें । मेरो पार्टिले जित्छ तेरोलो हार्छ भनेर जिरह चल्थ्यो ।  तर कसरी ज...

साधारण कोरियन आँखामा नेपाल

साधारण कोरियनले बुझेको नेपाल अनौठो छ। कोरियामा मजदुरी गर्छु। यसकारण मेरो संगत साधारण कोरियनसँग हुन्छ जो स–साना पसलका मालिक हुन्छन्। जो साना होटलमा खानेकुरा बेच्छन्, जो हटियामा साग बेच्छन्। जो खेतबारीमा काम गर्छन्, ट्याक्सी चलाउँछन्। जो कामबाट दिक्क भएपछि पहाडतिर घुम्न निस्कन्छन्।  जसलाई म सजिलै भेट्न सक्छु, दोहोरो सम्बाद गर्न सक्छु।  ‘नेपाल भनेको हिमाल हो,’ उनीहरुको नेपाल बुझाई यस्तो छ। नेपाल कहाँ पर्छ भनेर सोध्यो भने हिमालमा पर्छ भनिदिन्छन्। मानौं हिमाल कुनै देश हो र नेपाल त्यही देशभित्रको कुनै ठाउँ!   मलाई थुप्रै कोरियनले सोधेका छन्, ‘तिम्रो देशमा चामल पाइन्छ?’ उनीहरुलाई थाहा छ, ‘हिमालमा धान फल्ने हावापानी हुँदैन। मेरो देश हिमालमा पर्छ। म त्यही हिमालको मान्छे हुँ।’  ‘वर्षको दुई बाली धान फल्ने तराई छ। म तराईको वासिन्दा हुँ। पहाडमा पनि बेस्मारी धान फल्ने हावापानी छ’, मैले मुस्कुराउँदै दिने उत्तर उनीहरुको लागि निकै रोचक हो।  बितेको हिउँदमा कोरियामा खुब जाडो भयो। हिउँसहितको हुरी चल्यो। सरकारले ‘अलर्ट’ जारी गर्‍यो। ‘सरकारले अलर्ट गरेको चिसो कस्तो हु...