चुनाव सौन्दर्या!
- रमेश सायन २०५४ सालको स्थानिय चुनाबमा म कांग्रेस थिएँ । उमेर १३ वर्ष । पढाइ कक्षा पाँच! म चिन्थें, शुसिल विष्टलाइ । उनी हजारिया गाविसको कांग्रेस पाटीका अद्दक्ष उमेदवार थिए । एकाद शनिबार उनको घरमा टिभी हेरेको थें । एक पल्ट उनको बगैंचाबाट काँचा आप चोरेर खाएको थिएँ । । दुइ पल्ट लिच्चि र अनगिन्ती पल्ट उखु बगानबाट उखु चोेरेको थें । विष्टसँग मेरो चोरीको नाता थियो । नाता अनुसार म काग्रेस भएँ । स्कुलमा सबै साथीका आ आफ्नै पाटी थिए । मैले पहिलो पल्ट एमाले भन्ने पनि सुनें । जनमोर्जा र सदभावना पनि सुनें । अरु फुच्चेफाच्चे पाटिको नाम पनि सुनें । प्रत्येक भुररा आ-आफ्ना पाटीका कटर समर्थक थिए, म जस्तै । कांग्रेससँग एमाले कुनै हातलमा मिल्दैन थिए । साथी हैन सबै दुष्मन जास्ता देखिन्थें । हामी नाराजुलुुसमा हिंड्थ्यौंं ।आफ्ना पाटीका नारा कमेरो माटोले भित्तामा लेख्न पाउँदा चोरपुलिस खेले भन्दा रमाइलो लाग्थ्यो । कापीमा 'म रमेश सायन, काग्रेस!' जस्ता नामहरु लेखिन्थें । मेरो पार्टिले जित्छ तेरोलो हार्छ भनेर जिरह चल्थ्यो । तर कसरी ज...