राष्ट्रकविको देउसी
कोरियामा थिएँ । त्यसै ताका एकजना नामी नेपाली लेखक काेरिया पुगे । चारपाँच दिन घुमे । नेपाल फिरे । त्यस पछि तात्तातै लेखे -कोरिया संस्मरण । मैले पढें । मनाेरञ्जन लिएँ र लाज मानें । संस्मरणले भब्य कोरियाको न छेउ छुएको थियो न टुप्पो । त्यसै बेला एकजना कवि कतार पुगेछन् । उनले पनि तत्तातै -कतार संस्मरण लेखे । कोरिया संस्मरण पढेर जसरी म लाज मान्दै थिएँ उसैगरि कतारका मेरा मित्र पनि कतार संस्मरण पढेर लाज मान्दैरहिछन् । त्यसैबेला थाहापाएँ दुख्खको स्वाद जस्तै लाजकाे स्वाद पनि एकै जातकाे हुँदाे रहिछ । एक पटक नेपाली भाषी विदेशी लेखककाे काठमान्डाैं सस्मरण पनि पढेकाे छु । त्याे कति हलुका थियाे भने हिलियम ग्यासले भरिएकाे बेलुन हावामा उडेजस्ताे हलुका थियो । तँपाइले त्याे काठमान्डाैं संस्मरण पढ्नु भएकाे भए मलाइ जस्तै तँपाइलाइ पनि पक्का लाज लाग्थ्याे । किन कि तँपाईं काठमान्डाैं बस्नेको लागि काठमान्डाैं दैनिक जीवन हो । आफ्नो जीवन प्रति कसैले हलुका शैलीमा उडाउँदा आफुलाइ लाज लाग्दो रहिछ । मैले बा अमा माथि अखबारमा लेखेको संस्मरण पनि पढेक...